aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारतमा राहतः एसबीआई बैंकले ऋणको ब्याजमा १४ औं पटक कटौति गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असार २०७७
भारतमा राहतः एसबीआई बैंकले ऋणको ब्याजमा १४ औं पटक कटौति गर्यो

एजेन्सी । भारतीय सरकारको ठूलो सरकारी बैंक एसबीआई बैंकले ऋणीलाई थप राहत दिने घोषणा गरेको छ । बैंकले ऋणीको ब्याजदरमा थप कटौति गर्ने घोषणा गरेको हो ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार छोटो अवधिको ऋणका लागि सीमान्त लागतमा आधारित ब्याज दर (एमसीएलआर) ०.०५ बाट ०.१० प्रतिशतमा कटौती गरिएको छ । एसबीआईको एमसीएलआर बजारमा सबै भन्दा कम भएको छ ।  एमसीएलआरमा कटौतीको लाभ केवल ती ग्राहकहरूलाई दिइनेछ जसको योसँग सम्बन्धीत हुन्छन । 

यो कटौती तीन महिनासम्मको लागि लिने ऋणमा लागू हुनेछ । यसको उद्देश्य ऋणको मागलाई बढाउने रहेको छ । एमसीएलआरमा यस कटौतीपछि ऋणको अवधिमा ऋणको ब्याज दर वार्षिक ६.६५ प्रतिशत हुने छ ।  बैंकको एमसीएलआर दरमा लगातार १४ औंं कटौती हो । यो नयाँ कटौती १० जुलाईदेखि लागू हुने बैंकले जनाएको छ ।

१ जुलाईदेखि एसबीआईले ७ प्रतिशतभन्दा कममा महिलाका लागि होम लोनको अफर पनि सार्वजनिक गरेको छ । बैंकमा होम लोनको ब्याजदर दर वार्षिक रूपमा ६.९५ प्रतिशत हुने छ । २० लाख रुपैयाँको होम लोनका लागि ऋणको किस्ता १७ हजार ९ सय २१ रुपैयाँ हुने छ । 
 

प्रतिक्रिया दिनुहोस