
काठमाडौं । महानागरीय प्रहरी वृत्त स्वयम्भुले जुवातास खेल्ने ८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मंगलबार काठमाण्डौं महानगरपालिका–१५ स्वयम्भु किमाडोल स्थित मनिष बज्राचार्यको कोठामा जुवातास खेलिरहेको अबस्थामा बज्राचार्य सहित ८ जनालाई नगद ८६ हजार ३ सय रुपैया सहित नियन्त्रणमा लिएको छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस