aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अमेरिकामा एकैदिन थपिए ६० हजार कोरोनाका संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असार २०७७
अमेरिकामा एकैदिन थपिए ६० हजार कोरोनाका संक्रमित

काठमाडौं । अमेरिकामा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का ६० हजार नयाँ संक्रमित थपिएका छन् । 

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार मंगलाबार एकैदिन यति धेरै नयाँ संक्रमित भेटिएका हुन् । अमेरिकामा एकैदिनमा भेटिएका संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । जुलाई २ मा अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५५ हजार २२० नयाँ संक्रमित फेला परेका थिए ।

अमेरिकाको क्यालिफोर्निया र टेक्सासमा एकैदिन १० हजारभन्दा धेरै कोरोना भाइरसका नयाँ संक्रमित फेला परेसँगै अमेरिकामा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या पनि ६० हजार नाघेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार मात्र अमेरिका कोरोना भाइरसको महामारीको लागि सही स्थानमा रहेको बताएका थिए ।

संक्रमित संख्या र मृतकको आधारमा अमेरिका कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने मुलुक हो । अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका ३० लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक लाख ३१ हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस