
काठमाडौं । पैदल हिडिरहेको महिलाहरुलाई आफुले चढ्ने चोरीको बुलेट मोटरसाईकलमा लिफ्ट दिने र बिभिन्न क्याफे, रेष्टुरेण्ट, गेष्टहाउसमा लगि महिला वासरुम गएको मौका पारी बाहिर राखेको मोबाईल चोरी गरी फरार हुने राजकुमार सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।
साथै उक्त चोरीको मोबाईल बिभिन्न ठाउंमा बिभिन्न बहानामा ग्राहकहरु खोजी सस्तो मुल्यमा बिक्रि गर्ने गरेको प्रहरीले जनाएको छ । उक्त मोबाईलहरु खरिद गर्ने ब्यक्तिहरुलाई केही समय पछि फोन गरी आफु प्रहरीको डि.एस.पी. हुँ भन्दै मोबाईल फिर्ता गर्न भनी धम्काउने गरेको समेत खुलेको छ ।
आपराधिक कार्यमा संलग्न रही फरार रहेका सुनुवार (२६ का) लाई खोजतलास गर्ने क्रममा मिति २०७७।३।२४ गते बिहान ४ः०० बजे बिजि मल अगाडी सडक खण्डमा महानगरिय प्रहरी बृत्त महाराजगंज तथा पिसिसिबि समेतबाट खटिएको प्रहरी टोलीले शंकित मानिस बा ९७ प १६८३ नं. को Royal Enfield नामको बुलेट बाइक चढि आउने क्रममा फेला पारी चेक जांच गर्दा निजको साथबाट चोरीका मोबाईल ११ थान र उक्त बाइकसमेत बरामद गरी कानुनी प्रकृया अगाडी बढाइएको छ ।
साथै उक्त ब्यक्तिबाट पिडीत भएमा नजिकको प्रहरी कार्यालय वा महनगरिय प्रहरी परिसर काठमाण्डौ टेकुमा सम्पर्क गर्नसमेत प्रहरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस