aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कम्बोडियामा कुकुरको मासुको व्यापारमा प्रतिबन्ध, मासु बेच्नेलाई १२ हजार डलरसम्म जरिवना

  • एएफपी
    एएफपी
  • बुधबार, २४ असार २०७७
कम्बोडियामा कुकुरको मासुको व्यापारमा प्रतिबन्ध, मासु बेच्नेलाई १२ हजार डलरसम्म जरिवना

कम्बोडिया । कम्बोडियाको एक पर्यटकीय प्रान्त सिम रिपमा अधिकारीहरुले कुकुरको मासुको व्यापारमा प्रतिबन्ध लगाएको जनाएका छन् । मङ्गलबार सो नीतिको घोषणा गरिएको हो । यहाँ कुकुरको मासुलाई निकै पौष्टिक तत्वयुक्त मासुका रुपमा लिइन्छ । यहाँका मासुका पारखीहरुका लागि पनि कुकुरको मासु लोकिप्रय मानिएको छ । 

तर यहाँ कुकुुरको मासु खाने महोत्सव पनि हुने र त्यसका लागि सो समयमा निकै निर्दयी रुपमा कुकुर मार्ने गरिएकोले जनावर अधिकारकर्मीहरुले यसको विरुद्धमा आवाज उठाउँदै आएका थिए । पशु अधिकारवादीहरुले मासुका लागि पशु मार्न नहुने, कुकुरलाई पनि मार्न नहुने र निर्दयी रुपमा कुकुर मारेर मासुको महोत्सव गर्न नहुने भन्दै विगत लामो समयदेखि माग गर्दै आएका थिए । 

त्यसको विरुद्धमा उनीहरुले अदालतसम्म पनि पुगेर मासुका लागि कुकुर मार्ने कार्यलाई रोक्न भनेका थिए । त्यसैले सरकारले यस्तो निर्णय गरेको जनाएको हो । सिम रिप प्रान्तको कृषि विभागले मङ्गलबार राति अबेरति सो नीतिको घोषणा गरेको थियो । मासुका लागि कुकुर मार्ने र त्यसको महोत्सव गर्ने काम अराजक देखिएको र यो पशु अधिकारको विरुद्धमा भएको भन्दै यस्तो प्रतिबन्ध लगाएको जनाएका हुन् । 

उक्त प्रान्तका अधिकारीहरुले मासु खाने प्रयोजनका लागि कुकुर समात्ने, काट्ने तथा बेच्ने कुनै पनि व्यक्तिलाई एक हजार ५०० देखि १२ हजार २०० अमेरिकी डलर बराबरको जरिबना गराइने बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस