
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ । मन्त्रिपरिषद बैठकको क्रममा बिरामी परेका उनको लगत्तै निधन भएको बिबिसीले जनाएको छ ।
६१ वर्षका कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार बनाउने घोषणा गरेको थियो । राष्ट्रपति एलासानी ओटाराले देश शोकमा रहेको बताएका छन् । मन्त्रिपरिषदको साप्ताहिक बैठकको क्रममा बिरामी परेपछि उनलाई अस्पताल लगिएको थियो । उनको अस्पतालमै निधन भएको हो ।
कोलाबालीको निधनले आउँदो अक्टोबरमा हुने भनिएको चुनाव अनिश्चित भएको छ । सन् २०१२ मा कोलाबालीको मुटु प्रत्यारोपण भएको थियो । उनी गएको मे २ मा उपचारका लागि फ्रान्स गएर २ महिनापछि स्वदेश फर्केका थिए ।
प्रतिक्रिया दिनुहोस