
काठमाडौं । सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएकोमा आज ९ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ९६५ रहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ९५५ रुपियाँमा कारोबार भएकोमा आज २० रुपियाँले बढेर ९८० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस