aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

चीनबाट भारतमा आयात हुने यी वस्तुमा एन्टि डम्पिङ शुल्क लाग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ असार २०७७
चीनबाट भारतमा आयात हुने यी वस्तुमा एन्टि डम्पिङ शुल्क लाग्यो

एजेन्सी । भारत र चीनको व्यापार युद्ध झन चर्किदै गएको छ ।  भारतले फेरि केहि चिनियाँ आयात रोक्न कडाई गर्ने बताएको छ । चीनबाट भारतमा आयात हुने ’स्टिल र फाइबर ग्लास नाप्ने टेप चीन र उनीहरूका पार्ट्स र कम्पोनेन्टमा पाँच वर्षका लागि एन्टि डम्पिङ ड्युटी लगाएको छ । भारतको यो कदमले चिनियाँ केहि सस्तो सामान भारत आयातमा अंकुश लाग्ने छ ।  

भारत र चीनबीचको सिमा विवादका कारण भारत मौन रहेको परिणम स्वरुप भारतमा धमाधम चिनियाँ सामानको बहिष्कारको अभियान चलिरहेको छ । भारत सरकारले चिनियाँ सामान आयातलाई कडाइका साथ चिनियाँ लगानीमा पनि रोक्ने प्रयास गरिरहेको छ ।  

समाचार एजेन्सी पीटीआईका अनुसार डाइरेक्टर अफ ट्रेड रेमिडीजले चिनियाँ सामानमा थप कर लगाउने सुझाव दिएको थियो । चीनबाट आयात गरिएको स्टील र फाइबर ग्लास नाप्ने टेपमा एन्टि डम्पिङ शुल्क लगाइएको हो । यो शुल्क पहिलो पटक ९ जुलाई २०१५ मा पाँच बषको लागि लगाइएको थियो । अब यो अर्को पाँच बर्षको लागि थप गरिएको  छ । 

डीजीटीआरले चिनियाँ सामान भारतमा ल्याएर डम्पिङ गरिहेको आरोप लगाएको छ । यदि तिनीहरूमाथि शुल्क लगाइएन भने उनीहरूलाई भारतीय बजारमा फालिदिन्छन । चिनियाँ सामानहरूबाट भारतीय उत्पादकहरूलाई जोगाउन पनि एन्टि डम्पिङ शुल्क लगाउने निर्णय गरिएको बताइएको छ । 

राजस्व विभागले भनेको छ, ’स्टिल र फाइबर ग्लास नाप्ने टेप चीन र उनीहरूका पार्ट्स र कम्पोनेन्टबाट आयात गरिएको पाँच बर्षमा एन्टि डम्पिङ ड्युटी लगाइनेछ । यदि सरकारले चाहेको खण्डमा यसलाई पहिले नै हटाउन पनि  सक्छ । चिनियाँ केही उत्पादमा १.८३ डलर प्रतिशत किलो र  केही २. ५६ डलर प्रति किलो एन्टि डम्पिङ शुल्क लगाएको छ । 

प्रतिक्रिया दिनुहोस