aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

बढेरै बन्द भयो शेयर बजार, ९० करोडभन्दा बढीको कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ असार २०७७
बढेरै बन्द भयो शेयर बजार, ९० करोडभन्दा बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ४ दशमलव ५७ अंक बढेर बन्द भएको छ । 

यस दिन परिसूचक १ हजार ३३१ दशमलव १० विन्दुमा पुगेर बन्द भएको हो । १७८ कम्पनीको १४ हजार ६६३ पटकको व्यापारमा बिहीवार रू. ९० करोड ८० लाख ८६ हजार बराबरको २२ लाख २६ हजार २०३ कित्ता शेयर कारोबार भएको छ । 

बिहीवार पनि सबैभन्दा बढी शेयर कारोबार गर्ने कम्नपी नेपाल पुनर्बीमा रहेको छ । यस दिन कम्पनीको रू. १५ करोड १८ लाख ४५ हजार बराबरको शेयर कारोबार भएको हो । 

बिहीवार १ हजार ३२७ दशमलव १३ विन्दुदेखि खुलेको बजार १ हजार ३१२ विन्दुसम्म झरेको थियो भने १ हजार ३३३ विन्दु पनि पार गरेको थियो । घट्ने र बढ्ने क्रममै रहेको बजार अन्त्यमा बढेरनै बन्द भएको छ ।

९३ कम्पनीको शेयर मूल्य बढेको यस दिन सूर्योदय लघुवित्त , एनआईसी एशिया लघुवित्त र ओमी लघुवित्तको शेयरमूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । पहिलो कारोबार दिन एनआईसी एशिया लघुवित्तको शेयरमूल्य रू. ३३ , सूर्योदय लघुवित्तको शेयरमूल्य रू. ८० र ओमी लघुवित्तको रू. ८५ ले बढेको हो ।

यस दिन ६२ कम्पनीको शेयरमूल्य घटेको छ । बिहीवारको कारोबारमा सबैभन्दा बढी मूल्य ग्लोबल आइएमई सम्मुन्नत स्किम–१ को घटेको छ । यो स्किमको मूल्य ३ दशमलव ८५ प्रतिशत घटेको हो । बिहीवार कारोबारमा आएका १२ समूहमध्य बैंकिङ र व्यापारिक समूह बाहेक अन्यको परिसूचक बढेको छ ।

बैंकिङ समूहको शून्य दशमलव शून्य ३ प्रतिशत र व्यापारिक समूहको २ दशमलव ११ प्रतिशत परिसूचक घटेको हो । त्यस्तै, होटल समूहको शून्य दशमलव ८ प्रतिशत, विकास बैंक समूहाको शून्य दशमलव ३१ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ५१ प्रतिशत, वित्त समूहको शून्य दशमलव ७४ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ६५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ३१ प्रतिशत, अन्य समूहको शून्य दशमलव ९२ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ४३ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ८६ प्रतिशत र म्यूचुअल फण्ड समूहको २ दशमलव ९४ प्रतिशत परिसूचक बढेको छ ।


 

प्रतिक्रिया दिनुहोस