aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

किस्ट अस्पतालमा गर्भवती महिलासहित ४ जनामा कोरोना पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ असार २०७७
किस्ट अस्पतालमा गर्भवती महिलासहित ४ जनामा कोरोना पुष्टि

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना भएकी एक गर्भवती महिलासहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा धापाखेलकी २९ वर्षीया गर्भवती महिला, ग्वार्को घर भएका ११ वर्षीय बालक, सानागाउँ निवासी ६५ वर्षीय पथ्थरीका समस्या भएका पुरूष र ललितपुर ठेगाना भएकी ६६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका अनुसार ग्वार्को घर भएका ११ वर्षीय बालक ज्वरो आएर आइसोलेसनमा भर्ना भएका थिए । ६६ वर्षीया महिलालाई दमको समेत समस्या रहेको अस्पतालले जनाएको छ ।

सुरूमा उनलाई आईसीयूमा भर्ना गरिएको र पछि स्वास्थ्यमा सुधार आए पनि आइसोलेसनमा सारिएको जानकारी गराइएको छ । कोरोना पुष्टि भएका चारै जनालाई पाटन अस्पताल ‘रिफर’ गर्ने तयारी भइसकेको जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस