aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

‘डाक्टर, नर्सहरु कोरोना बिरुद्ध १८ घण्टासम्म पीपीई, डाइपर लगाएर खटिरहेका छन्’ डा. गौतम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ असार २०७७
‘डाक्टर, नर्सहरु कोरोना बिरुद्ध १८ घण्टासम्म पीपीई, डाइपर लगाएर खटिरहेका छन्’ डा. गौतम

काठमाडौं । कोरोना संक्रमणको लडाईँमा स्वास्थ्यकर्मीहरुको योगदानलाई प्रशंसा गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्यकर्मीहरु डाक्टर, नर्सहरुले दिनको ८ घण्टा, १२ घण्टा, १८ घण्टा पीपीई लगाएर, दिसापिसाप समेत गर्न बाहिर ननिस्की डाइपर लगाएर खटिरहेको बताए । 

साथै उनले संक्रमण मुक्त भएकाहरुलाई हेला होचो गर्ने, घरमा दुर्वयबहार गर्ने, समाजमा बहिस्कार गर्ने र पुनः आइसोलेशनमै फर्काउने गरेको सूचना प्रप्त भएको भन्दै त्यस्तो नगर्न नगराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ । 

डा. गौतमले सबै रिपोटहरु सबै पोजेटिभ आउने गरेको हल्ला भएको यस्मा सत्यता नभएको समेत जानकारी दिए । 

बिहीबार गत २४ घण्टामा १३९ जना डिस्चार्ज भएका छन । साथै २४ घण्टामा काठमाडौंका सहित गरि १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै  १६ हजार ५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन । 

बिगत २४ घण्टामा ४ हजार ५ सय ८८ पीसीआर परिक्षण भएको मन्त्रालयले जनाएको छ । हालसम्म २ लाख ६६ हजार ४५७ जनको पीसीआर परिक्षण भइसकेको छ ।

बिगत २४ घण्टामा ४ हजार ५ सय ८८ पीसीआर परिक्षण भएको मन्त्रालयले जनाएको छ । हालसम्म २ लाख ६६ हजार ४५७ जनको पीसीआर परिक्षण भइसकेको छ ।         

यो विगत पाँच हप्तामा वृद्धि भएको सबैभन्दा कम सङ्ख्या हो। यो वृद्धिसँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६,५३१ पुगेको छ ।

तीमध्ये ७,८९१ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३९ जना भाइरसमुक्त गएर घर फर्किएका छन् । 

अहिले देशभरि आइसोलेशनमा ८,६०५ जना छन् । उनीहरू सक्रिय सङ्क्रमित हुन् । बुधवार २५५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रायले जनाएको थियो ।

गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो । बिहीवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन् ।

विगत २४ घण्टामा पीसीआर विधिबाट ४,५८८ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

यससँगै अहिलेसम्म पीसीआर विधिबाट भएका परीक्षणको सङ्ख्या २,६६,४५७ पुगेको छ। सरकारले आरडीटी भने प्रयोग गर्न छोडेको छ ।

अहिले देशभरि क्वारन्टीनमा २४,००० भन्दा बढी व्यक्ति छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरेको परीक्षणमा तनहुँका एकजना र म्याग्दीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै जनस्वास्थ्य प्रयोगशाला हेटौडा र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा म गरेको परीक्षणमा लमजुङका पाँचजना गोरखाका दुई जना र कास्कीका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।    

प्रतिक्रिया दिनुहोस