aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

रणनीतिक सडक र व्यापारीक मार्ग बनाउन एकै पटक ७२ अर्ब ऋण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ असार २०७७
रणनीतिक सडक र व्यापारीक मार्ग बनाउन एकै पटक ७२ अर्ब ऋण

काठमाडौं ।  सरकारले विश्व बैंकसँग ७२ अर्ब ऋण लिने भएको छ । रणनीतिक सडक सुधार आयोजना र ब्यापारिक मार्ग सुधार आयोजनाका लागि ३ सय मिलियन अमेरिकन डलर ऋण स्वीकार गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी गराएका छन । 

 विश्व बैंकबाट सरकारले ‘स्केल अफ फेसिलिटी’का लागि १५० मिलियन डलर ऋण स्वीकारने निर्णय गरेको छ । करिब ६० अर्ब वैदेशिक ऋण स्वीकार गर्ने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले थप १८ अर्ब वैदेशिक ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस