
एजेन्सी । भारतको एस बैंकका पूर्व सीईओ राणा कपुर, हाउसिंग फाइनान्स कर्पोरेशन लिमिटेड(डीएचएफएल)का प्रमोटर कपिल वाधवन र धीरज वाधवनको २४०० करोडको सम्पत्ति जफत गरिएको छ । बैंक घोटाला प्रकरणमा प्रवर्तन निदेशालय (ईडी) ले जफत गरेको सम्पत्तिमा राणा कपूरको १००० करोड र वाधावान भाइहरूको १४०० करोड बराबरको छ ।
राणा कपूरको दिल्लीको मुम्बई, लन्डन र न्यूयोर्कको पेडर रोडमा रहेको धेरै सम्पत्तिहरू संलग्न छन । वधवान भाइहरूको सम्बद्ध सम्पत्तिमा १२ अपार्टमेन्ट, पुणेमा जग्गा, लन्डन, अष्ट्रेलिया र न्यू योर्कको सम्पत्ति समावेश छन् ।
बैंक घोटला काण्डमा दीवान हाउसिंग फाइनान्स कर्पोरेशन लिमिटेड (डीएचएफएल) को भूमिका अनुसन्धान गरिरहेको थियो । यसमा ३७०० करोडको कारोबार शंकास्पद दिएकोले अनुसन्धान अन्तर्गत परेको थियो । डीएचएफएलले एस बैंकबाट ऋण लिन बैंकका संस्थापक राणा कपूरको परिवारलाई ६०० करोड घूस दिएको थियो ।
सीबीआई एफआईआरका अनुसार घोटाला अप्रिल र जून २०१८ बीच भएको थियो । जब एस बैंकले दीवान हाउसिंग फाइनान्स कर्पोरेशन लिमिटेड (डीएचएफएल) को छोटो अवधिको डिभेञ्चरमा ३७०० करोड लगानी गरेको थियो।
एस बैंकका मुद्दामा एनफोर्समेन्ट डाइरेक्टरेट (ईडी) ले डीएचएफएलका प्रमोटर धीरज वाधवन र कपिल वाधावानलाई सोधपुछको लागि बोलाएको थियो तर दुबैले कोरोना भाइरसको फैलावट देखा पर्न सक्ने भन्दै बयान दिन अस्वीकार गरे ।
प्रतिक्रिया दिनुहोस