aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

८ भारतीय प्रहरीको हत्या गर्ने गु्ण्डा नाइके दुबे पक्रउपछि इन्काउन्टरमा मारिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असार २०७७
८ भारतीय प्रहरीको हत्या गर्ने गु्ण्डा नाइके दुबे पक्रउपछि इन्काउन्टरमा मारिए

एजेन्सी । ८ प्रहरीको हत्याका मुख्य अभियुक्त भारतीय राज्य उत्तर प्रदेश, कानपुरका गुण्डा नाइके विकास दुबे प्रहरी इन्काउन्टरमा मारिएका छन ।

आफूलाई पक्राउ गर्न आएका डिएसपी सहित ८ प्रहरीको हत्या गरेका दुबे शुक्रबार मारिएका हुन ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुबेलाई लिएर कानपुर जाँदै गरेको कार्केडको एउटा गाडी शुक्रबार बिहान दुर्घटनाग्रस्त भयो । उक्त दुर्घटनापछि दुबेले प्रहरी टोलीको बन्दुक खोसेर प्रहरीमाथि हमला गर्ने कोसिस गरेका थिए ।

जवाफी कारवाहीमा छातीमा गोली लागेर पूर्ण रुपमा घाइते उनलाई अस्पताल पुर्याइयो । जहाँ उनको मृत्यु भएको हो ।

असार १८ गते आफूलाई पक्राउ गर्न आएको प्रहरी टोलीलाई दुबेको समूहले जेसिबीले बाटो छेकेर हमला गर्दा घटनामा एक डिएसपी, तीन सब-इन्सपेक्टर र चार कन्स्टेबल मारिएका थिए।

हत्यापछि फरार रहेका दुबेलाई बिहीबार प्रहरीले मध्य प्रदेशको उज्जैन जिल्लाको महाकाल मन्दिरबाट पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस