
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बिहिबार छापावाल सुन प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ७६० रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहिबार चाँदी प्रतितोला ९८० रुपियाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस