
काठमाडौं । राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुई फर्मलाई ६ करोड ६९ लाख बिगो कायम गरी मुद्दा दायरा गरेको छ । विभागले श्याम ग्लास इण्डष्ट्रिज, महाशक्ति गुट्खा उद्योगलाई बिगो असुल उपर गरी जरिवाना एवम् कैद सजाय समेतको माग दावी गरी उच्च अदालत तुल्सिपुर, बुटवलमा मुद्दा दायर गरेको हो ।
श्याम ग्लास इण्डष्ट्रिज ६ करोड ६ लाख २५ हजार बिगो कायम गरी जरिवाना एवम् कैद सजाय समेतको माग दावी गरी विभागले मुद्दा दायरा गरेको हो । राजस्व चुहावट गर्ने श्याम ग्लास इण्डष्ट्रिजलाई असार २२ गते मुद्दा दायरा गरेको हो ।
इण्डष्ट्रिजले नेपाल सरकारलाई तिर्नु÷बुझाउनु पर्ने राजस्व नतिर्ने एवम् कम तिर्ने उद्देश्य राखि उत्पादित सिसा तथा सिसाजन्य मालवस्तुमा अन्तःशुल्क असुल नगरी राजस्व चुहावट गरी राजस्व छलि गरेको आरोपमा मुद्दा दायरा गरिएको हो ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित कार्य गरी सोही ऐनको दफा ४ (क) र (झ) बमोजिमको कसुरजन्य कार्य गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(छ१) बमोजिम हुने बिगो श्याम ग्लास इण्डष्ट्रिजले मागदावी सहित उच्च अदालत तुल्सिपुर, बुटवलमा मुद्दा दायर गरिएको हो ।
राजस्व चुहावट गर्ने अर्को उद्योग महाशक्ति गुट्खा उद्योगले राजस्व चुहावट गरेको अभियोगमा ६३ हजार ८ हजार बिगो कायम गरी जरिवाना र कैद समेतको माग दावी सहित असार २२ गतेउच्च अदालत तुल्सिपुर, बुटवलमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ ।
महाशक्ति गुट्खा उद्योगका सञ्चालकहरुले नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने राजस्व नतिर्ने एव कम तिर्ने उद्देश्य राखि अन्तःशुल्क जन्य पदार्थ उत्पादित तथा विक्री वितरण गरी अन्तःशुल्क असुल नगरी राजस्व चुहावट गरी राजस्व छलि गरेको हुँदा सोही राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन अनुसार कारवाहीको माग गरिएको हो ।
प्रतिक्रिया दिनुहोस