aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

‘सरकारले अग्रिम तयार नगरी एक्कासी गाडी चलाउन भन्यो, यी माग पुरा नभए गाडी चलाउदैनौँ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असार २०७७
‘सरकारले अग्रिम तयार नगरी एक्कासी गाडी चलाउन भन्यो, यी माग पुरा नभए गाडी चलाउदैनौँ’

काठमाडौं । सरकारले सरकारले अग्रिम तयारी नगरी एक्कासी गाडी चलाउन निर्देशन दिएको सार्वजनिक यातायात केन्द्रिय महासंघले जनाएको छ । शुक्रबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले आफुहरुले सरकारलाई सहयोग गर्न चाहँदाचाहँदै पनि आपसी सल्लाह नगरिकन एकतर्फी रुपमा यातायात सञ्चालन गराउन खोजेको आरोप लगाएको छ । व्यवसायीले लकडाउनभरीको बिमा, ब्याज र केही अनुदान दिन सरकारसँग माग गरेको छ । 

सार्वजनिक यातायातका सबै सवारी साधनलाई विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले व्यवस्था गर्नुपर्ने र यातायात मजदुरको स्वास्थ्य सुरक्षा सम्बन्धि सम्पूर्ण व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।

त्यस्तै, बैंक किस्ता तथा ब्याजदर पूर्ण सरलीकरण हुनुपर्ने,  चारमहिनाको बन्दाबन्दी अवधिको ब्याज छुट र थप चार महिनाको गाडी सञ्चालन भएतापनि  किस्ता तिर्न नसक्ने हुँदा किस्ता तिर्ने अवधि बढाएर असोज मसान्तसम्म पुर्याउनु पर्ने,  साना, ठुला, मझौला सवारी साधनको  सिट मापदण्ड अनुसार यात्रु राखेर सञ्चालन गर्न नसकिने,  कर छुट हुनुपर्ने तथा एक वर्षसम्म जरिवाना नलाग्ने व्यवस्था गर्नुपर्ने, लकडाउनको बीमा प्रिमियम अवधिको छुट हुनुपर्ने लगायतका माग व्यवसायीले राखेका छन् । 

प्रतिक्रिया दिनुहोस