aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

घरभाडा र ब्याज मिनाहा गर्न सरकारले उचित निर्णय नगरेको भन्दै साना व्यावसायी आन्दोलनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असार २०७७
घरभाडा र ब्याज मिनाहा गर्न सरकारले उचित निर्णय नगरेको भन्दै साना व्यावसायी आन्दोलनमा

काठमाडौं । घरभाडा र ब्याज मिनाहा गर्न सरकारले उचित निर्णय नगरेको भन्दै न्युरोड लगायतका क्षेत्रमा साना व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले विभिन्न नारा लेखिएको ब्यानरसहित न्युरोडमा जम्मा भएर प्रदर्शन गरेका हुन् ।  

महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको थियो । कोरोना भाइरसका कारण यतिबेला समग्र उद्योगी व्यवसायीहरु निकै कठिन अवस्थाको साना गरिरहँदा पनि सरकारले बेवास्ता गरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् ।

आफ्ना समस्याहरुबारे जानकारी गराउँदा गराउँदै पनि राज्यले बैंकको ब्याजदर, किस्ता तिर्ने भाका तथा घरभाडाका विषयमा उचित निर्णय नलिएकाले आन्दोलन थालिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस