
राजविराज । विहीबारदेखि सुरु भएको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ। शुक्रबार बिहानबाट पानीको बहाव उच्च भएको हो । पानीको वहाव उच्च भएपछि शुक्रबार दिउँसो देखि ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ ।
सप्तकोसी ब्यारेजमा गरिएको पछिल्लो मापनअनुसार २ लाख ५६ हजार ६ सय १५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भइरहेको छ। ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ । सप्तकोसीमा पानीको बहाव उच्च भएपछि खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन आग्रह गरिएको छ।
सप्तकोसीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजभन्दा दक्षिण १९ किलोमिटरसम्म नेपालतर्फ रहेको पश्चिमी तटबन्धमाथि पानीको दबाब बढेको छ । ५ वर्षअघि भारतीय कोसी योजनाले कोसीको मध्य भागमा पाइलट च्यानल खनेर पानीको बहावलाई पश्चिम तर्फ फर्काइएपछि सुरक्षित रहँदै आएको सप्तकोसीको पश्चिमी तटबन्धमाथि दबाब बढदै गएको हो ।
प्रतिक्रिया दिनुहोस