aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

म्याग्दी पहिराेमा ३५ घर पुरिए, ३३ बेपत्ता [अपडेट]

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असार २०७७
म्याग्दी पहिराेमा ३५ घर पुरिए, ३३ बेपत्ता [अपडेट]

म्याग्दी ।  बिहीबार रातिदेखि बाढीपहिरोमा परी जिल्लामा ३३ जनाभन्दा बढी बेपत्ता भएका छन् । विभिन्न स्थानमा गरी ३५ घर पुरिएका छन् भने जोखिममा परेका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

म्याग्दीमा बिहीबार रातिदेखि बाढीपहिरोमा परी ३३ जनाभन्दा बढी बेपत्ता भएका हुन् । विभिन्न स्थानमा गरी ३५ घर पुरिएका छन् भने जोखिममा परेका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । 

पहिरोले सडक तथा पैदलमार्ग बगाएकाले उद्धारकर्ता घटनास्थल पुग्न सकेका छैनन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार पहिरोमा पुरिएर धौलागिरि गाउँपालिका–६ मराङमा २१, वडा नं ७ ताकममा ३, मालिका गाउँपालिका–७ बिममा विष्णु शर्मा र इच्छा पौडेलसहित ८ जना बेपत्ता छन् । मालिकाकै वडा नं ६ दुखुमा खोलाले बगाएर एक जना बेपत्ता छन् ।

बाढीले गलेश्वरस्थित राहुघाट खोलाको बेलिब्रिज बगाउँदा बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ । पुल बगाएपछि बाढी पिप्लेगलेश्वर बस्तीतर्फ सोझिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार पहिरोमा पुरिएर धौलागिरि गाउँपालिका–६ मराङमा २१, वडा नं ७ ताकममा ३, मालिका गाउँपालिका–७ बिममा विष्णु शर्मा र इच्छा पौडेलसहित ८ जना बेपत्ता छन् । मालिकाकै वडा नं ६ दुखुमा खोलाले बगाएर एक जना बेपत्ता छन् ।

त्यसै गरी मराङमा २०, ताकममा ५ र बिममा १० घर पहिरोमा पुरिएका छन् । मालिका गाउँपालिका–४ देवीस्थानमा पनि ५ घरमा पहिरोले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

राहुघाट खोलाको बाढीले रघुगंगा–८ मंगले क्षेत्रमा ८ घरमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । म्याग्दी र राहुघाट खोलाको बाढीले जोखिम बढाएपछि सदरमुकाम बेनीको मंगलाघाटका ७ र रघुगंगा–३ गलेश्वरका २१ परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस