
मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०७६/७७ को बजेट पारित गरेको छ । केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गर्नु भएको आगामी आर्थिक वर्षको अनुमानित आय व्यायसहितको वार्षिक बजेट मन्त्रिपरिषद्ले पारित गरेको छ । बैठकले बजेटसँग सम्बन्धित तीन विधेयकहरु विनियोजन विधेयक, राजश्व परिचालन विधेयक र राष्ट्रऋण उठाउने विधेयक अनुमोदन गरेको हो ।चालू आर्थिक वर्षमा सरकारले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस