
काठमाडाैं । कोभिड १९ को महामारी कारण बन्द रहेका उद्योग ब्यवसाय सरकारले लकडाउन खुकुलो पार्दै लाँदा सुरक्षात्मक उपायहरु अपनाउँदै सुरक्षित किसिमले उध्योग सन्चालन गर्नु पर्ने भएकाेले कार्यस्थलमा सुरक्षात्मक सचेतना कार्यक्रम अभियानको रुपमा सन्चालनमा ल्याएकाे छ ।
नेपाल सरकार र स्विस सरकार (एसडीसी)को सहकार्यमा सन्चालित इन्स्योर परियोजना र ग्रील तथा स्टील ब्यवसायी महासघ मिलेर बिश्वब्यापी रुपमा फैलिको कोरोना भाइरस (कोभिड 19 ) संक्रमणको प्रकोपका कारण लकडाउनमा परिन बन्द सम्पुर्ण ग्रील उध्योगहरु पुन सन्चालनमा आउदा संक्रमणको जोखिम चाहिँ बढ्दो अवस्थामा रहेकाेले के कस्ता सुरक्षाका उपाएहरु अपनाएर श्रमिकहरुलाइ कोरोनाको सन्क्रमणबाट सुरक्षीत गराउदै काममा लगाउन सकिछ ? भन्ने बिसयमा सचेतना अभियान चलाएकाे हाे ।
देशब्यापी रुपमा सचेतना कार्यक्रम सन्चालन गर्ने समझदारी अनुसार पहिलो चरणमा काठमाडौ उपत्यकामा थप २ सहित ५ वटा रुपन्देही जिल्लामा १ र सुनसरि जिल्लामा १ गरि ७ वटा ग्रील उध्योगलाइ सुरक्षित र ब्यवस्थित कार्यस्थल सहितको नमुना ग्रील उध्योगको रुपमा स्तरोन्नति गर्ने योजना अनुसार कार्यक्रम अघि बढाइएकाे छ ।
कोभिड १९ बाट सुरक्षीत कार्यस्थलको तयारी र सञ्चालनको न्युनतम मापदण्डसहित आवस्यक प्रबिधी पेडल हेण्डवास, पेडल सेनिटाइजर स्टाण्ड हेलमेट पञ्जा थर्मलगन लगायतका सुरक्षाका उपकरणहरुको प्रयोग गर्ने विधि र आगामी दिनहरुमा उध्योगी कामदार र उपभोक्ताले अपनाउनु पर्ने अनुशासनको बारेमा काठमाडौको पेप्सिकोला खहरे चोकमा सन्चालित सुगम इन्जिनियरिङ एण्ड सर्भिसेज प्रा. लि.लाई नमुना उध्योगको रुपमा स्तरोन्नति गर्ने क्रममा ग्रील तथा स्टील ब्यवसायी नेपालका अध्यक्ष मोहन कटुवालले जानकारी गराएका थिए ।
अध्यक्ष कटुवालले ग्रील उध्योगिहरुलाइ आफ्नो उध्योग ब्यवस्थीत र सुरक्षीत बनाएर हाल कार्यरत श्रमिकहरुलाइ र बिदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवहरुलाइ नेपालको ग्रील तथा स्टील उध्योगमा काम गर्न सुरक्षीत भएको अनुभूत दिलाउदै श्रमिक अभाब कम गरि थप रोजगारी सृजना गर्न मद्धत पुग्ने बिस्वास ब्यक्त गर्दै यस विषम परिस्थितिमा सबैले ग्रील उध्योगी कर्माचारी र सर्वसाधारण जनताले भौतिक दुरि कायम लगायतका सुरक्षाका बिधिहरु अपनाएर बढदो कोरोनाको संक्रमणबाट बच्न र अरुलाइ बचाउन आग्रह गरेका थिए ।
उक्त काठमाडौ जिल्लाका प्रथम उपाध्यक्ष अनिल कुमार श्रेष्ठले सामान्य सुरक्षाका उपकरण प्रयोग नगरी काम गर्दा अकालमा ज्यान जाने अङ्ग भङ्ग हुने घटनाहरु दिनप्रतिदिन बढदै गएको हुदा उध्योग र श्रमिकहरुले सचेत भएर सुरक्षीत किसिमले काम गर्नु पर्नेमा जोड दिएका थिए ।
काठमाडौ पुर्बी क्षेत्रीय समितिका अध्यक्ष रोहित श्रेष्ठले यस किसिमको सचेतना कार्यक्रमले उध्योगी र श्रमिकले आफुलाइ सुरक्षीत भएको महसुस भै उत्पादकत्व क्ष्ममतामा वृद्धि आउने बताउदै सबै उध्योगिहरुलाइ प्रोत्साहित गर्न पुर्बी क्षेत्र समितिले काम गर्ने बताएका छन ।
केन्द्रिय सदस्य मोहन श्रेष्ठले सन्चलान गरेको उक्त कार्यक्रममा ३५ इकाइ समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठ लगाएत इन्स्योर परियोजनाका क्षमता अभिबृद्दि बिषेशज्ञ केशब भन्डारीले ग्रील उध्योग र श्रमिकको प्रबर्द्धन र जनसरोकारको बिसयमा ग्रील महासघ नेपालसँग सदैब सहकार्य गर्दै अगाडि बढन इन्स्योर परियोजा तयार रहेको बताएको थियो । भने सुगम इन्जिनियरिङका पुस्पराज भट्टराईले उध्योगलाई ब्यवस्थित र सुरक्षीत राख्ने कार्यलाइ निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस