
काठमाडौं । अवैध रुपमा मृर्गौला प्रत्यारोपण गरेको आरोपमा चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) भरतपुरबाट चार चिकित्सक पक्राउ परेका छन् । काठमाडौंबाट खटिएको प्रहरीको नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले उनीहरुलाई पक्राउ गरेको हो ।
काठमाडौंबाट खटिएको विशेष प्रहरीले चार चिकित्सकलाई पक्राउ गरेको चितवन प्रहरीले बताएको छ । चितवन प्रहरीका अनुसार केन्द्रबाट नै खटिएको टोलीले यो अप्रेसन गरेको हो । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले भने, यो चितवन प्रहरीलाई थाहा नै छैन केन्द्रबाट ठूलो अपरेसन गर्ने टिम आउँदै छ भन्ने हल्ला मात्र हामीले थाहा पाएका थियौं ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल र कानूनी सल्लाहकार रमेश काफ्लेलाई सोधपुछका लागि ब्यूरोले नियन्त्रणमा लिएको छ । कलेजको मानव अङ्ग प्रत्यारोपण समितिमा पाँचजना सदस्य रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला प्रमुख नेत्र प्रसाद शर्माका अनुसार मृर्गौला प्रयारोपण सम्बन्धी समितिमा जिल्ला प्रशासन कार्यालयका अधिकृत स्तरको कर्मचारी पनि हुने भएकाले प्रहरीले तत्कालिन समितिमा रहेका कर्मचारीलाई पक्राउ गरेको हुनसक्ने आर्थिक न्युजडटकमलाई जानकारी गराए ।
पक्राउ पर्नेमा अस्पतालको मृगौला रोग विभागका प्रमुख प्रा. डा. राकेश वर्मा, मेडिकल काउन्सिल सदस्य तथा अस्पतालका प्रमुख कार्याकारी अधिकृत सुभात श्रेष्ठ, प्रा. डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी रेहका छन् । कलेजमा एक वर्षअगाडि ललितपुरका एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको थियो । भान्जा नाता प्रमाणित गरेर ल्याइएका एक युवकले उनलाई मिर्गौला दिएका थिए ।
प्रतिक्रिया दिनुहोस