aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि लगाए मास्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ असार २०७७
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि लगाए मास्क

अमेरिका । कोरोना भाइरस महामारीयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक मास्क लगाएर देखापरेका छन्। यसअघि ट्रम्पले सार्वजनिक रुपमा अरुले देख्ने गरी, विशेष गरी पत्रकारहरुले देख्ने गरी मास्क नलगाउने बताएका थिए । तर शनिबार उनी कालो मास्कमा देखिएका थिए । 

सीएनएनका अनुसार शनिबार ट्रम्पले मास्क लगाएर घाइते सैनिक भेट्न वाल्टर रिट नेशनल मिलिटरी मेडिकल सेन्टर पुगेका हुन्। अस्पतालमा घाइते सैनिक भेट्न आउँदा मास्क लगाउनु ठूलो काम भएको उनले बताए।  आफू कहिल्यै मास्क विरोधी नभएको भन्दै ट्रम्पले स्थानविशेष र निश्चित समयमा मात्र यो आवश्यक पर्ने दावी गरेका छन्। ट्रम्पसँगै रहेका कर्मचारीहरु पनि यो पटक मास्क लगाएरै देखा परेका छन्। महामारी सुरु भएयता मिडियाहरुले पहिलोपटक मास्क लगाएका ट्रम्पको फोटो सार्वजनिक गरेका हुन्। 

ट्रम्पले यसअघि आफ्नै प्रशासनका स्वास्थ्य विज्ञहरुले मास्क लगाउन गरेको अनुरोधलाई टेरेका थिएनन्। महामारीका कारण मानवीय हताहति बढ्दै गएपनि मास्कको विपक्षमा देखिएका ट्रम्पलाई उनका सहयोगीहरुले निरन्तर मास्क लगाउन आग्रह गरेका थिए।  

प्रतिक्रिया दिनुहोस