aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

भोलि र पर्सि उद्धार उडान नहुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ असार २०७७
भोलि र पर्सि उद्धार उडान नहुने

काठमाडौं । कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि भइरहेको उद्धार उडान भोली र पर्सि (सोमबार र मंगलबार) उडान नहुने भएको छ । लामो समयदेखि उद्धार उडानहरु भइरहँदा विमानस्थल सरसफाईदेखि होल्डिङ सेन्टरको व्यवस्थापन लगायतका काम गर्नका लागि दुई दिन उडान स्थगित गरिएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका का अनुसार फेरि जुलाइ १५ अर्थात बुधबारदेखि जुलाई २१ सम्म एक हप्ता नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन् । त्यसपछि अहिलेकै प्रक्रिया अनुसार उडान गर्ने या नयाँ तरिकाले अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस