aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सुनको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ असार २०७७
सुनको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ६६० रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी प्रतितोला ९८० रुपियाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस