aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

आयल निगमले ५ वर्षमै ५२ अर्ब कमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ असार २०७७
आयल निगमले ५ वर्षमै ५२ अर्ब कमायो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री गरी ५ वर्षमा ५२ अर्ब रुपैयाँ नाफा कमाएको छ । निगमले आर्थिक वर्ष २०७२/०७३ देखि आर्थिक वर्ष २०७६/०७७ सम्ममा गरी कुल ५२ अर्ब नाफा कमाएको हो । 

निमगले आर्थिक वर्ष २०७२/०७३ मा कुल १९ अर्ब ३६ करोड, आर्थिक वर्ष ०७३/०७४ मा ९ अर्ब ४५ करोड, आर्थिक वर्ष २०७४/०७५ मा ३ अर्ब ८५ करोड,आर्थिक वर्ष २०७५/०७६ मा ८ अर्ब ७५ करोड र चालू आर्थिक वर्षमा अनुमानित १० अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । 

प्रतिक्रिया दिनुहोस