aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

यी ठाउँमा भारी वर्षाको सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असार २०७७
यी ठाउँमा भारी वर्षाको सम्भावना

 काठमाडौं । देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । बाढी पूर्वानुमान महाशाखाले देशभरका विभिन्न साना नदीमा आकस्मित बाढी आउन सक्ने जनाएको छ ।

महाशाखाले स्याङ्जाको आँधीखोला, बाँधखोला, नवलपरासीको डण्डा, कावासोती र आसपासका साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै ठाउँ तथा गण्डकी प्रदेशको एक, दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका तथा प्रदेश ५ थोरै ठाउँमा भारी वर्षाको  समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । ठूलो पानी पर्ने ठाउँमा बाढी र पहिरोको जोखिम छ 

प्रतिक्रिया दिनुहोस