aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

महामारीका बेलामा भारतमा यति धेरै डलर कहाबाट आयो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असार २०७७
महामारीका बेलामा भारतमा यति धेरै डलर कहाबाट आयो ?

एजेन्सी । भारतमा विदेशी विनिमय सञ्चय एक पटक फेरि नयाँ रेकर्ड स्तरमा पुगेको छ । भारतको केन्द्रीय बैंक रिजर्व अफ इण्डियाको पछिल्लो तथ्यांकका अनुसार विदेशी विनिमय सञ्चय ६.४७ खर्ब डलरले वृद्धि भइ ५१३.२५ अर्ब डलर भएको छ । 

रिजर्व बैंकका अनुसार यस अवधिमा सुनको सञ्चय ४९.५ करोड डलरले बढेर ३४.०२ अर्ब डलरमा पुगेको  छ । गत जुनको अन्तिम हप्ता भारतमा विदेशी मुद्रा सञ्चित १.२७ अर्ब डलर बढेर ५०६.८४ अर्ब डलर थियो । यसभन्दा पहिला पाँच जुनमा ५०० अर्ब डलर रहेको सोहि ८.२२ अर्ब डलर वृद्धि भइ ५०१.७० अर्ब डलर पुगेको थियो ।  

भारतीय रिजर्व बैंकका अनुसार आर्थिक वर्ष २०१९र२० मा भारत वैदेशिक मुद्रा ६४.९ अर्ब डलरले वृद्धि भएको छ । जबकि गत आर्थिक वर्ष २०१८र१९ ११.७ अर्ब डलरले कमी आएको थियो ।

 भारतको विदेशी विनिमय भण्डार यो महामारीका बेलामा पनि विश्वका धेरै ठूला देशहरू भन्दा बढी रहनुले यो वैधानिक बाटोबाट भारतमा विदेशी मुद्रा आइरहेको छ वा छैन ?विदेशी विनिमय सञ्चितिको बृद्धि कुनै पनि देशको अर्थतन्त्रका लागि राम्रो हो ।तर, यो महामारीका बेलामा विदेशमा रहेको अवैधानिक धन भारतमा थुप्रिन थालेको हो कि भन्ने प्रश्न पनि खडा भएको छ । 

प्रतिक्रिया दिनुहोस