aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कोरोना हावाबाट सर्ने वा नसर्ने विषयमा २३९ वैजानिक र डब्ल्यूएचओको तर्क यस्तो छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असार २०७७
कोरोना हावाबाट सर्ने वा नसर्ने विषयमा २३९ वैजानिक र डब्ल्यूएचओको तर्क यस्तो छ

एजेन्सी । ३२ देशका २३९ वैंजानिकले विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) लाई कोरोना भाइरस एअरवर्न भाइरस भएको भन्दै लेखेको लेखेका थिए । उनीहरुले कोरोना हावाबाट हुने भाइरस हो भनेका थिए ।  जुन हावामा पनि फैलिन सक्छ । वैज्ञानिकहरूले केहि प्रमाणहरु समेत पेश गरेका थिए । भाइरसको सानो कण मानिसहरुलाई हावाबाट संक्रमित गर्न सक्छ । अहिले डब्ल्यूएचओले पनि तथ्यको आधारमा यस रिपोर्टलाई स्वीकार गरेको छ । 

डब्ल्यूएचओको कोविड १९ महामारीसँग सम्बन्धित प्राविधिक नेतृत्व डा.मारिया वा कारखोभले भनिन्, “कोरोना भाइरस हावामा रहेको प्रमाण भेटियो, तर यस बारे स्पष्ट रुपमा भन्न सहिन्े प्रमाण्ति आधारहरु नभएकाले केहि भन्न सकिदैन।“ त्यसबेलासम्म भीडभाड सार्वजनिक स्थान र बन्द स्थानहरूमा हवा मार्फत फैलिने सम्भावनालाई कम गर्न सकिँदैन ।

यस अध्ययनको शोध पत्र ’वैज्ञानिक जर्नल’ मा अर्को हप्ता प्रकाशित हुन सक्ने सम्भावना रहेको छ । कोभिड १९ जस्ता श्वासप्रश्वासको संक्रमण विभिन्न आकारका थोपाहरू (बाछिटा वा ड्रप) बाट फैलिन्छ । व्यासमा ५–१० माइक्रोन्सभन्दा ठूलो कणलाई श्वासप्रश्वासको थोपा मानिन्छ ।  जबकि ५ माइक्रोन्स भन्दा सानो कण न्यूक्ली ड्रिप्स हुन्।

डब्ल्यूएचओका अनुसार कोविड १९ को भाइरस खास गरी श्वासप्रश्वासको थोप्लाहरू र सम्पर्कको माध्यमबाट मानिसहरूमा फैलिन्छ ।  यद्यपि वैज्ञानिकहरूले लेखेको पत्रले सुझावमा एरोसोल प्रसारण अथवा हावाको माध्यमबाट पनि हुन सक्छ । 

डब्ल्यूएचओको दृष्टिकोणबाट भाइरसको थोपा खोक्दा, हाच्छिउ वा बोल्ने क्रममा बाहिर निस्किन्छ जुन गुरुत्वाकर्षण शक्ति (गुरुत्वाकर्षण शक्ति) को कारण १ मिटर टाढासम्म यात्रा गर्न सक्छ र अन्तिममा भुइँमा खस्छ । 

अर्कोतर्फ, २३९ वैज्ञानिकहरूले प्रमाण दिएको प्रमाणमा न्यूक्ली ड्रप्ट्लेट (५ माइक्रोन भन्दा सानो) मात्र हावामा १ मिटर भन्दा बढीमा फैलिल्छ । तर यसले लामो समयको लागि खतरा पनि निम्त्याउँछ । यदि वैज्ञानिकहरूको यस तर्कमा सत्य छ । यो भाइरस वास्तवमा हाम्रो सोच भन्दा बढी खतरनाक छ उनीहरुले भनेका छन् ।

डब्ल्यूएचओका अनुसार हावामा भाइरस सार्न केही खास परिस्थितिमा मात्र सम्भव हुन सक्ने तर्क दिइरहेको छ । खुला सास फेर्न बिरामीहरूलाई भेन्टिलेटर हटाउने र ब्रोन्कोस्कोपी, इनटुब्रेसन अघि म्यानुअल वेन्टिलेसन, र ननइन्विसिव पोजेटिभ वेन्टिलेसनको समयमा मात्रै बढी जोखिम बढ्न सक्छ ।

न्यु योर्क टाइम्सको रिपोर्टका अनुसार डब्ल्यूएचओले प्राम्भिक  निष्कर्षहरूलाई होशियारी पूर्वक व्याख्या गर्नु आवश्यक छ यदि यी प्रमाणहरू जाँच गरियो भने अनुसन्धानकर्ताहरूले कुन खास परिस्थितिहरूमा हावामा हुने भाइरसको जोखिम बढिरहेको देख्नेछन । 

साथै, भाइरस कहिलेसम्म हावामा रहन्छ र भाइरस निरन्तर संक्रमित गराउछ भन्ने निश्चितमा मात्रै ? यदि यो संक्रमणले हावामा पनि मानिसहरूलाई संक्रमण गर्दैछ भने, अब मास्क लगाउने आवश्यकता पहिले भन्दा बढि हुनेछ । 

यो ’एयरोसोल प्रसारण’ बाट बच्न, मानिसहरूलाई एन ९५ मास्क लगाउन अपिल गर्न सकिन्छ, जुन अस्पतालका डाक्टरहरूले पनि लगाइरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस