
अमेरिका । अमेरिकी नौसेनाको जहाजमा विष्फोट हुँदा २१ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार आइतबार सान दिएगोस्थित नौसेनाको आधार क्षेत्रमा विष्फोटपछि आगो लाग्दा चार सर्वसाधारणसहित २१ जना घाइते भएका हुन्।
घाइतेमध्ये १७ नाविक रहेका छन्। सबै घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको अमेरिकी नौसेनाले जानकारी दिएको छ। अहिले घाइते नाविकको स्वास्थ्य अवस्था स्थिर रहेको सीएनएनले अधिकारीलाई उद्दृत गर्दै समाचार लेखेको छ।
विष्फोटपछि लागेको आगो आइतबार बिहान तीनपटकसम्म अग्नि नियन्त्रकले नियन्त्रण गर्ने प्रयास गरेका थिए।
विष्फोटको खास कारण भने अहिलेसम्म थाहा भइनसकेको अधिकारीले बताएका छन्। प्रारम्भिक अध्ययनमा भने धेरै तातिएर जहाजमा दबाव परेका कारण विष्फोट भएको हुन सक्ने बताइएको छ। एजेन्सी ।
प्रतिक्रिया दिनुहोस