aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारतको सबैभन्दा ठूलो निजी बैंकमा गडबडी !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असार २०७७
भारतको सबैभन्दा ठूलो निजी बैंकमा गडबडी  !

एजेन्सी। पुँजीको हिसाबले भारतमा  निजी क्षेत्रको सबैभन्दा ठुलो एचडीएफसी बैंकमा पनि गडबडी देखिएको छ । ऋण दिने सन्दर्भमा त्यहाँ ठुलो घोटाला भएको घटना अगाडि आएको छ। 

हाल बैंकको बैंकको आन्तरिक समितिले यसको अनुसन्धान गरिरहेको छ । सवारी ऋणमा अनुचित लगानी भएको गुनासो आएपछि यस्तो अनुसन्धान सुरु भएको हो ।

ब्लूमबर्गको एक रिपोर्टलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार यो बैंकको सवारी साधन वित्तपोषण शाखामा 'अनुचित ऋण' र 'ब्याजको सन्दर्भमा' अनियमितता पूर्ण गडबडी गरेको आरोप लगाइएको छ । 

यस्तो समाचार सार्वजनिक भएपछि एचडीएफसी बैंकको सेयर २ दशमलव २६ प्रतिशतले गिरावट भई १०८० दशमलव ४० भारतीय रुपैयाँमा झरेको छ । एचडीएफसी बैंकको सेयर शुक्रवार ११०५ रुपैयाँमा बन्द भएको थियो । 

भारतीय बैंकका विषयमा उल्लेखनीय कुरा के छ भने यसभन्दा पहिले पीएनबी, येस बैंक जस्ता धेरै बैंकका ऋण लगानीमा घोटालाका प्रकरण प्रकाशमा भइसकेका छन्। त्यसैले यस्ता कुनै पनि समाचारले लगानीकर्ता र ग्राहकहरूलाई धेरै नै सचेत बनाउने गरेका छन् ।
बैंकले अहिलेसम्म यस अनुसन्धानमा भएका प्रगतिहरूको बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन।

न्डै १ वर्षदेखि यस इकाईका प्रमुख रहेका अशोक खन्नाको कार्यकाल बैंकले बढाएको छैन । जबकि यसभन्दा पहिले यो प्रस्ताव गरिएको थियो। एचडीएफसीको कुल ऋणको लगभग १० प्रतिशत यस एकाइ मार्फत वितरित गरिएको छ।

ब्लूमबर्गका अनुसार एचडीएफसी बैंकको वाहन ऋण एकाइले ३१ मार्च, २०२० सम्ममा करिब १२ लाख करोड रुपैयाँ ऋण दिएका थिए।

एचडीएफसी बैंकका वर्तमान प्रबन्ध निर्देशक आदित्य पुरी पनि सेवा निवृत्त हुन लागेका छन् । एचडीएफसी बैंकको एमडी र सिइओ आदित्य पुरी भारतमा सब भन्दा बढी तलब खाने बैंकर हुन् । उनी अक्टोबरमा रिटायर्ड  हुँदैछन् । पुरीले नै भारतमा नब्बेको दशकमा निजी क्षेत्रको एचडीएफसी बैंक स्थापना गरेका हुन् । झन्डै दुई दशकको अवधिमा पुरीले बैंकलाई अगाडि मात्र बढाएनन् बरु यसलाई न्यूनतम एनपीए रहेको बैंक समेत बनाएका थिए ।
 

प्रतिक्रिया दिनुहोस