
एजेन्सी। चिनियाँ विदेश मन्त्रालयले सोमबार शिनजियांगसँग सम्बन्धित विषयमा दुर्व्यवहार गर्ने अमेरिकी व्यक्ति र संस्थाहरूलाई चिनियाँ सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
अब यो निर्णयपछि परिणाम स्वरूप चीनले अमेरिकी सिनेटर मार्क रुबियो, टेड क्रुज, क्रिस स्मिथ र साम ब्राउनबकमाथि चीन प्रवेशमा प्रतिबन्ध लगाएको छ। ब्राउनबक ट्रम्प प्रशासनमा अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता समितिको राजदूत हुन् ।
यो निर्णय सँगै चीनमा अमेरिकी संसदीय कार्यकारी समिति माथी पनि प्रतिबन्ध लागेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चान्यिंगले यी प्रतिबन्धहरू सोमबारबाट लागू हुनेछन्।
हुआका अनुसार, "अमेरिकी कदमले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ, अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमको उल्लङ्घन गरेको छ र चीन-अमेरिका सम्बन्धलाई गम्भीर क्षति पुर्याएको छ।"
किन चीनले चाल्यो यस्तो कदम ?
चिनियाँ सरकारले आफूले चलेको यो कदमको लागि अमेरिकी निर्णयलाई दोष दिएको छ । यसअघि ट्रम्प सरकारले चिनियाँ नेताहरू विरुद्ध प्रतिबन्ध लगाएको थियो।
वास्तवमा, अमेरिकी सरकारले गत हप्ता चीनको झिनज्या प्रान्तमा रहेको मुस्लिम शिविरहरूका लागि जिम्मेवार चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू विरुद्ध प्रतिबन्ध लगायो । अमेरिकी ट्रेजरी डिपार्टमेन्टका अनुसार यी चिनियाँ अधिकारीहरूमा झिनजियांग चिनियाँ कम्युनिस्ट पार्टीको सचिव चेन क्वांगू र चिनियाँ सरकारको यो नीति लागू गर्ने झू हेइलुन रहेका छन्।
अमेरिकी सरकारले झिनजियांग पब्लिक सिक्यूरिटी ब्युरोका प्रमुख वाङ मिंगशान र ब्युरोका पूर्व प्रमुख हू लिउजुनलाई पनि निशाना बनाएको छ। यी प्रतिबन्ध अन्तर्गत संयुक्त राज्य अमेरिकामा यी अधिकारीहरुसंग वित्तीय लेनदेन सञ्चालनलाई अपराधको श्रेणीमा राखिएको छ। यी चिनियाँ अधिकारीहरूको अमेरिकी सम्पत्ति पनि रोक्का गरिएको छ।
गत हप्ता अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले भनेका थिए, "अमेरिकी सरकारले चिनियाँ कम्युनिस्ट पार्टीले शिनजियांग प्रान्तमा वेगर समुदाय, काजाक समुदाय र अन्य अल्पसङ्ख्यक समुदायको मानवअधिकार उलङ्घनलाई सहन गर्ने छैन।"
पछिल्लो अवस्थामा अमेरिकाका यी प्रतिबन्ध पछि, चीनले पनि अमेरिकी अधिकारीहरूलाई यस्तै प्रतिबन्ध लगाएको हो । अमेरिकाले वेगर मुसलमानको विषयमा चीनलाई घेरा हाल्ने प्रयास गरेको यो पहिलो घटना भने होइन ।
चीनको स्वायत्त क्षेत्र शिनजियांगमा वेगर मुस्लिम समुदायको जनसङ्ख्या त्यहाँको कुल जनसङ्ख्याको ४५ प्रतिशत छ।
प्रतिक्रिया दिनुहोस