aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अब खुल्ला त खजानाले भरिएको यो मन्दिरको ढोका ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असार २०७७
अब खुल्ला त खजानाले भरिएको यो मन्दिरको ढोका ?

भारत । भारतको सर्वोच्च अदालतले केरलाको पद्मनाभस्वामी मन्दिरका सम्बन्धमा एक महत्त्वपूर्ण फैसला सुनाएको छ । जसका कारण सो मन्दिरको खजानाले भरिएको कोठाको ढोका खोल्ने बाटो खुलेको छ । साथै त्रावणकोरको शाही परिवारको सो मन्दिरको सम्पत्ति माथिको अधिकारलाई समेत स्थापित गरिदिएको छ ।

सोमबार सर्वोच्च अदालतको निर्णय अनुसार मन्दिरको कामकाजको व्यवस्थापनका लागि प्रशासनिक समिति गठन गरिनेछ। त्यतिन्जेल समिति र जिल्ला न्यायाधीशहरू अस्थायी रूपमा त्यसको रेखदेख गर्नेछन्।

कानुन सम्बन्धी एक वेबसाइटका अनुसार अदालतले मन्दिरको अन्तिम कोठा अर्थात् 'भोल्ट बी' खोल्ने बारेमा फैसलाले सो बारे निर्णय गर्ने अधिकार प्रशासकीय समितिले छोडेको छ।

करिब १० वर्ष अघि यो मन्दिरको कोठामा एक लाख करोडभन्दा बढीको खजाना छ भन्ने कुरा जानकारीमा आएको हो । तर त्यहाँ एउटा कोठा छ जुन अहिले सम्म खोलिएको छैन र त्यसमा कति मात्रामा खजाना छ भन्ने समेत थाहा छैन ।

यस्तो छ, यो मन्दिरको कथा 

यो मन्दिर केरलाको राजधानी तिरुवनन्तपुरममा छ । भारत स्वतन्त्र हुनु अघि त्रावणकोरका राजाको स्वामित्वमा यो मन्दिर रहेको थियो।

भारतको स्वतन्त्रता पछि जब त्रावणकोर र कोचीन राज्यहरू विलय भए ती दुई बिच यो मन्दिरका सम्बन्धमा एक सम्झौता भयो। जस अनुसार, त्रावणकोरका अन्तिम शासकले यस मन्दिरको प्रशासनिक अधिकार पाए । जसको नाम चिथरा थिरुनाल थियो।

जब उहाँ १९९९ मा उनको मृत्यु भयो त्यसपछि  उनका भाइ उत्तरदाम वर्माले यसको संरक्षणको जिम्मेवारी प्राप्त गरे। सन् २००७ मा उनले यो दाबी गरे कि यस मन्दिरको भण्डार उनको राजपरिवारको निजी सम्पत्ति हो।

धेरै मानिसहरूले यसको विरुद्ध मुद्दा दायर गरे। तल्लो अदालतले यो मन्दिरको कोठा खोल्न निषेध गर्‍यो । तर, त्यसपछि सन् २०११ मा केरला उच्च अदालतले राज्य सरकारलाई यो मन्दिरको नियन्त्रणको लागि एक ट्रष्टको गठन गर्न आदेश दियो।

सोही वर्ष शाही परिवार यो निर्णयको विरुद्ध सर्वोच्च अदालतमा पुगे । र, अदालतले यस निर्णयलाई स्थगित गर्‍यो । अनि यस मन्दिरको कोठामा फेला परेको बस्तुहरूको सूची बनाउन भन्यो।

यस मन्दिरमा छ वटा कोठाहरू छन् – जसलाई ‘ए’  देखि ‘एफ’ सम्म नामकरण गरिएको छ । यी मध्ये, इ र एफ  कोठाहरू प्रायः मन्दिरको अनुष्ठानका लागि प्रयोग गरिने भाँडाहरू राखिएको रूपमा खोलिन्छन्।

सुन र चाँदीका गहनाहरू सी र डीमा राखिन्छ जुन कुनै विशेष दिनमा प्रयोग गरिन्छ। बाँकी रहेका ए र बी मध्ये जब ए खोलियो तब  पत्ता लाग्यो कि यसमा लगभग १ लाख करोडको खजाना छ। यसमा महाविष्णुको साढे तीन फिट अग्लो सुनको मूर्ति भेटियो, जुन बहुमूल्य चीजहरूले भरिएको थियो। एउटा १८ फिट लामो सुनको सिक्री पनि त्यहाँ थियो । हिरा, माणिक र बहुमूल्य पत्थरहरूको बोरा समेत फेला पर्‍यो ।

के विश्वास गरिछ भने जब कोठा ‘बी’ खोलिन्छ त्यसमा ‘ए’ मा भेटिए भन्दा भन्दा बढी खजाना भेटिने छ । तर कसैलाई कति सम्पत्ति त्यहाँ छ भन्ने थाहा छैन किनकि यो अझै खोलिएको छैन।

किन अन्तिम कोठा खुलेको छैन?

त्रावणकोर शाही परिवारले सदियौँदेखि यस मन्दिरको देखभाल गरिरहेका छन्। उनीहरूको तर्क छ कि यो कहिले पनि खोल्न हुन्न किनकि त्यसो गर्नु विश्वास र परम्पराको विरुद्ध हो।

यस मन्दिरको बारेमा मानिसहरूको विभिन्न मान्यताहरू छन्। मानिसहरू विश्वास गर्छन् कि यदि यो खोलियो भने धेरै ठुलो अनिष्ट हुनेछ। सर्वोच्च अदालतले सन् २०११ मा यो पनि भनेको थियो कि हाल ‘भल्ट बी’ खोल्नु हुँदैन।

त्यस समयमा सर्वोच्च अदालतले सर्वोच्चका पूर्व न्यायाधीश केएसपी राधाकृष्णनको अध्यक्षतामा छनौट समिति गठन गरेको थियो । उनले ५७७ पृष्ठको रिपोर्ट पनि पेस गरे जसमा मन्दिर प्रशासनलाई भ्रष्टाचार गरेको आरोप लगाइएको थियो। तर पछिल्लो फैसलाबाट फेरि यो मन्दिरको अधिकार शाही परिवारमा नै आएको छ । (बीबीसी हिन्दीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस