aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

चिनियाँ प्रधानमन्त्री लीद्वारा अर्थतन्त्रलाई स्थिर राख्न सुधार कार्यक्रमको घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असार २०७७
चिनियाँ प्रधानमन्त्री लीद्वारा अर्थतन्त्रलाई स्थिर राख्न सुधार कार्यक्रमको घोषणा

बेइजिङ। चीनका प्रधानमन्त्री ली खछ्याङले सुधारका कार्यक्रमलाई अगाडि बढाएर महामारीपछिको अर्थतन्त्रलाई स्थिर राख्न आवश्यक नीतिहरूको तर्जुमा गर्दै चीन अघि बढ्ने कुरा सोमबार बताएका छन ।

चिनियाँ कम्युनिष्ट पार्टीका प्रभावशाली नेतासमेत रहेका प्रधानमन्त्री लीले चीनमा कोभिड–१९ महामारीपछिको अवस्थाको विश्लेषण गर्न भेला भएका उद्यमी तथा अर्थशास्त्रीहरूलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन । 

उनले सन् २०२० मा विश्व अर्थतन्त्रसँगै चिनियाँ अर्थतनत्रले पनि असामान्य अवस्थाको सामना गर्नुपरेको तर यसको व्यवस्थापनमा चीन जुटिसकेकोले पूर्ववत् अवस्थामा आर्थिक गतिविधिहरू सञ्चालनमा आइसकेको पनि उनको दावी थियो । 

चीनले महामारीका समय प्रभावित मध्यम तथा साना उद्योगहरूलाई सहयोग गर्ने सरकारले नीति बनाएको र सोही अनुरूप आर्थिक सुधारका कार्यक्रमहरू सार्वजनिक गरिसकेको छ ।

सरकारले कर र शुल्कमा कटौती र समावेशी वित्तजस्ता कार्यक्रमले व्यापारलाई चलायमान बनाउन सफल भएको र रोजगारीको अवस्थालाई स्थिर राख्न महत्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्री लीले बताएका थिए । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस