
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजदेखि वर्षा केही कम हुने अनुमान हुने जनाएको छ । यसअघि नेपाल नजिक रहेको मनसुनी न्यून चापीय रेखा केही दक्षिण (भारततर्फ) सरेकाले हिजो र अस्तिको तुलनामा आज वर्षाको मात्रा केही घट्ने अनुमान मौसमविद्ले गरेका हुन्।
महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली छ भने बागमती, गण्डकी, ५, कर्णाली र सुदूपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
त्यस्तै, दिउँसो पनि देशका केही स्थानमा यस्तै किसिमको वर्षा जारी रहने तथा राति प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस