aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

वृद्धा भत्ताको शब्द आउदा संसदमा ताली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
वृद्धा भत्ताको शब्द आउदा संसदमा ताली

काठमाडौं । संसदमा बजेट भाषण चलिरहको बेलामा अर्थमन्त्री डा.युवराज खतिवडाले वृद्धभत्तामा १ हजार रुपैयाँ वृद्धि गरेको शब्द आउने वित्तिकै ठूलो तालिको स्वर सुनियो ।
 गत वर्ष नेकपाको सरकारले वृद्धा भत्ता वृद्धि नगर्दा गाउँमा जान पनि नसक्ने अबस्थमा पुगेका सांसदहरुले यस पटक भने मन खोलेरै तालि बजाएको सुन्न सकिन्थ्यो । 
 
ज्येष्ठ नागरिकलाई दिइने भत्ता बढाएर ३ हजार बनाइएको छ । यसअघि २ हजार दिँइदै आएको थियो।बाँकी क्षेत्रमा दिइँदै आएको सामाजिक सुरक्षा भत्ता १ हजार बढाइएको खतिवडाले बताए । करिब २१ लाख नागरिकका लागि यसरी भत्ता बढाइएको उनले उल्लेख गरे । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या अहिले २७ लाख ५६ हजार ४ सय ५५ छ ।  ७० वर्षमाथिका वृद्धवृद्धाको संख्या १२ लाखको हाराहारीमा छ भने विधवा तथा एकल महिलाको संख्या ८ लाखको हाराहारीमा छ । यसबाट सरकारी ढुकुटीबाट करिब १ अर्ब ३० करोड रुपैयाँ थप खर्च थपिने देखिन्छ ।
 

प्रतिक्रिया दिनुहोस