aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ऐतिहासिक गढी र किल्लालाई पर्यटकीय गन्तव्य बनाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
ऐतिहासिक गढी र किल्लालाई पर्यटकीय गन्तव्य बनाइने

सरकारले नेपाल एकीकरणको क्रममा प्रयोग भएका ऐतिहासिक गढी तथा किल्लालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । सङ्घीय संसद्को आजको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले ऐतिहासिक गढी तथा किल्लालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने नीति लिइएको जानकारी दिनुभयो । उहाँले त्यस्ता गढी र किल्लालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दा त्यसले दिगो पर्यटन विकास हुने उल्लेख गर्नुभयो । यस्तै ‘माइस’ पर्यटनलाई विस्तार गर्न प्रमुख पर्यटकीय गन्तव्यमा सभाहल तथा अन्य भौतिक पूर्वाधारको विकासलाई जोड दिने सरकारको लक्ष्य रहेको छ । यस्तै हिमालयन हरित पदमार्गलाई अगाडि बढाउने लक्ष्य राखिएको छ भने रारा क्षेत्रलाई विशेष पर्यटन क्षेत्रको रुपमा विकास गर्ने राखिएको छ

प्रतिक्रिया दिनुहोस