aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

सिँचाई कार्यालय खोटाङका प्रमुख ९ लाख घुससहित पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असार २०७७
सिँचाई कार्यालय खोटाङका प्रमुख ९ लाख घुससहित पक्राउ

काठमाडौं । डिभिजन सिँचाइ कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ। काठमाडौंबाट स्टिङ अपरेशनका लागि खोटाङ पुगेको अख्तियारको टोलीले उनलाई मंगलबार कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो। 

श्रेष्ठलाई मंगलबार कार्यालय खुल्नासाथ सेवाग्राहीसँग ९ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस