
काठमाडौं । देशभरका उद्यमी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उम्मेद्वारका दावेदार चन्द्रप्रसाद ढकालले भावी अध्यक्ष शेखर गोल्छालाई प्रश्न गरेका छन् । ‘उनले आज आफ्नो उम्मेदवारी घोषणको क्रममा अध्यक्ष गोल्छालाई भने ‘तपाईँलाई हिजो अप्ठ्यारो परेको बेलामा कसले साथ दिएको थियो ?
मैले लविङ गरि गरि विधानमा भएको महासंघको वरिष्ठ उपाध्यक्ष सो त अध्यक्ष हुन पाउने व्यवस्थालाई यथावत गरे । मैले त्यति बेला तपाईलाई अध्यक्ष बनाउन महासंघभित्र धेरै विवादहरू खेपे ।’ विधान संशोधनका विषयलाई लिएर गत वर्ष महासंघमा ठूलो मतभेद भएको थियो ।
मंगलबार महासंघको वस्तुगत, एशोसिएट र जिल्ला उपाध्यक्षका लागि उम्मेदवारी घोषणा कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले भने, ‘स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं ? त्यसको मर्मलाई अहिले कसले मार्दैछ ? त्यो के का लागि ?’
‘आज म एउटा कुरा खुलेर भन्न चाहन्छु भन्दै चुनावी घोषणामा भने ‘केही महिना अघि महासंघ नेतृत्वमा बसेका अधिकांश साथीहरूले वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन् भनेर मैले लविङ गरे र त्यसलाई सार्थक पनि बनाए ।’
भविष्यमा हामीलाई जे गर्न मनलाग्छ त्यति अनुसार गरौंला, तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै महासंघको नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत गरे । यो नगरेको भए आज के हुन्थ्यो ? मेरो उहाँलाई प्रश्न छ उहाँले यो कुराको हेक्का राख्नु भएन, किन हिजोका ती दिन विर्सनु भयो ।’
घोषणा सभामा व्यक्त गरेको विचारलाई सम्झँदै भने, ‘उहाँको नेतृत्वमा हाम्रो एउटा व्यवसायिक र गतिशिल टिम बन्नेछ । यो टिम उद्योग वाणिज्यको क्षेत्रमा रहेका समस्यालाई सरकार समक्ष पुर्याउन तथा यसको समाधान गर्न सरकारसँग समन्वय गर्ने छ । सरकार वा सरोकारवाला निकायसँग साझेदारी गर्ने सवालमा एक र एक जोड्दा दुई नभइ, एक र एक जोडेर एघार बन्ने गरी हामी अगाडी बढ्ने छौं ।’ हाम्रो टिम गएपछि महासंघ दरिलो खम्बा बन्ने छ,’ उनले भने ।
महासंघमा मेरो उम्मेदवारीमात्रै पूर्ण होइन भन्दै ढकालले आफ्नो टिममा जिल्ला र नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत संघ समूहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एसोसिएट सदस्य समूहको उपाध्यक्षका लागि रामचन्द्र संघई उम्मेदवार छन् । ढकालले आफ्नो टिम राम्रो व्यवसायिक टिम भएको भन्दै उम्मेदवारी घोषणा कार्यक्रममा भोट समेत मागे । महासंघको आगामी साउन २६/२७ गते हुन साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दैछ ।
प्रतिक्रिया दिनुहोस