aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

घुससहित पक्राउ परे जोशीपुर गाउँपालिकाका सूचना अधिकारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असार २०७७
घुससहित पक्राउ परे जोशीपुर गाउँपालिकाका सूचना अधिकारी

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी तथा नायब सुब्बा सिद्धराज जोशी ८५ हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले जोशीलाई ८५ हजार घुससहित पक्राउ गरेको हो।

आयोगका अनुसार नासु जोशीलाई मंगलबार स्थानीय प्रशासनको सहयोगमा उनकै कोठाबाट पक्राउ गरेको हो । नासु जोशीले सीपमूलक तालिममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ८५ हजार रुपैयाँ घुस लिएको बुभिएको छ। सो घुस रकम अख्तियारको टोलीले सोमबार नै बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस