
काठमाडौं । यातयात व्यवस्था कार्यलय ललितपुरले कोभिड १९ को जोखिम बढेको भन्दै सवारी अनुमति पत्र वितरण बन्द गरेको छ । मंगलबार सुचना जारी गर्दै कार्यलयले अर्का सुचना जारी नभएसम्मको लागि पत्र वितरण बन्द गरेको जनाएको छ ।
सुचनामा भनिएको छ, ‘यस कार्यलयबाट वितरण भईरहेको सवारी चालक अनुमति पत्र कोभिड १९ को यस क्षेत्रमा उच्च जोखिम रहेको तथा सङ्क्रमण बढ्दै गईरहेको हुँदा सवारीचालक अनुमति पत्र मिति २०७७/३/३० देखि अर्को सुचना नभएसम्मको लागि वितरण कार्य स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ । ‘
प्रतिक्रिया दिनुहोस