aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

आजदेखि पुनः उद्धार उडान हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ असार २०७७
आजदेखि पुनः उद्धार उडान हुने

काठमाडौं । सरकारले उडानको समिक्षा गर्न भन्दै दुई दिन स्थगित गरेको उद्धार उडान आजदेखि फेरि शुरु गर्ने भएको छ । विदेशमा अलपत्र परेको नेपालीको स्वदेश फिर्ती आजदेखि शुरु हुने भएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि साउन ६ गतेसम्म एक हप्ताका लागि उद्धार उडान तालिका सार्वजनिक भएको छ । यो हप्तामा विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि विभिन्न देशबाट ४२ उडान हुने पर्यटन मन्त्रालयले जनाएको छ । आजै नेपाली ल्याउन, लिन जान र कार्गो गरी ६ अन्तर्राष्ट्रिय उडान हुने भएका छन् ।

नेपाल एअरलाइन्स कुनमिङ्गबाट, सिल्क एअर सिङ्गापुरबाट र मलेसियन एअरलाइन्सको जहाज मलेसियाको क्लालाम्पुरबाट नेपाल आउँदैछन् । आज यूएईको आबुधाबीमा नेपाली लिन हिमालय एअरलाइन्सका दुई जहाज जाँदैछन् । हिमालयको अर्को जहाज आजै कुनमिङ्ग जाँदैछ ।

एक हप्ताको अवधिमा विदेशमा समस्यामा परेका नेपाली ल्याउनका लागि हिमालय एअरले १६ वटा र नेपाल एअरलाइन्सले १६ उडान भर्नेछन् । त्यस्तै विदेशी वायुसेवा कम्पनी अन्तर्गत एअर अरेबियाले २, फ्लाई दुबईले २ र मलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन् ।

जजिरा एअरले पनि नेपालीको स्वदेश फिर्तीका लागि २ वटा उडान अनुमति पाएको छ । नयाँ तालिकाअनुसार यूएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मलेसिया लगायतका ठाउँबाट त्यहाँ समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन् ।

प्रतिक्रिया दिनुहोस