aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
बजेट

आधा पनि भएन पुँजीगत खर्च, विकास निर्माणको २ खर्ब बजेट त्यतिकै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ असार २०७७
आधा पनि भएन पुँजीगत खर्च, विकास निर्माणको २ खर्ब बजेट त्यतिकै

काठमाडौं । चालू आर्थिक वर्षको आज अन्तिम दिन । आवको अन्तिम दिनसम्म आधा पनि पुँजीगत खर्च हुन सकेको छैन । सरकारले विनियोजन बजेटको जम्मा १ खर्ब ८० अर्बमात्रै खर्च भएको छ । बाँकी २ खर्ब ३० अर्ब रुपैयाँ भने सरकारले खर्च नै गर्न सकेन । सरकारले चालू आवको लागि कुल चार खर्ब ८ अर्ब पुँजीगत खर्च विनियोजन गरेको थियो । यो अवधिमा जम्मा लक्ष्यको ४४.२९ प्रतिशतमात्र पुँजीगत खर्च भएको छ । बाँकी खर्च हुने छाट छैन । किनकी भोलिदेखि नयाँ आर्थिक वर्ष शुरु हुँदैछ र भोलिदेखि यस वर्षको बजेटबाट खर्च नगरी आगामी आवको बजेटबाट खर्च गर्नुपर्ने हुन्छ ।

खर्चको प्याट्रन हेर्दा असारमा मात्रै ५३ अर्ब रुपैयाँ खर्च भएको छ । मानिलियौं आज बेलुकासम्म २० अर्ब नै खर्च भएपनि जम्मा २ खर्बमात्रै खर्च हुन्छ । बाँकी २ खर्ब ८ अर्ब भने खर्च नै नहुने निश्चित भइसकेको छ । अघिल्ला वर्षमा त लक्षित पुँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा यो वर्ष कोभिडले थला पारेको कारण पुँजीगत खर्च त झनै हुन सकेन । 

अन्य वर्ष पनि ७० देखि ८० प्रतिशतसम्म खर्च हुने गरेको पुँजीगत खर्च यस वर्ष ५० प्रतिशत पनि नहुने देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्राप्ती तथा खर्च विवरण अनुसार २ खर्ब २३ अर्ब खर्च हुन सक्ने अनुमान गरिएको छ ।
 

सरकारले बजेट अर्धवार्षिक समीक्षामार्फत बजेटको सिलिङ नै घटाए पछि कुल संशोधित पुँजीगत खर्चको करिब २० खर्च घटाएपनि अहिले पुनः संशोधन गर्दै संशोधित पुँजीगत खर्चको ८७.३८ प्रतिशतमात्र खर्च हुने तथ्यांक सार्वजनिक गरेको छ । सोमबार एक्कै दिन १२ अर्ब रुपैयाँ खर्च भएको छ भने एक सातको कुल एक खर्ब ४४ अर्बमात्रै खर्च भएको थियो ।

आव सकिदै जाँदा खर्च बढ्ने प्रवृत्ति पुरानै हो । तर, यो वर्षमा कोभिडका कारण विकास निर्माणका काम हुने समयमा कोभिडका कारण बन्दभएपछि अघि बढ्न सकेको थिएन । पछिल्लो समयमा गर्न थालिएको विकास निर्माणको कामले खासै गति लिन नसक्दा पुँजीगत खर्च आधामै सीमित हुने देखिएको हो । 

सरकारले चालू आवको असार ३० गतेसम्म कुल १० खर्ब ८० अर्ब खर्च गरेको छ । सो खर्च कुल बजेटको साढे ७० प्रतिशत हो । यसबाट ८२.१२ प्रतिशत चालु खर्च भएको छ भने वित्तीयतर्फ १ खर्ब १४ अर्ब खर्च गरेको छ । 

प्रतिक्रिया दिनुहोस