aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

आजदेखि काठमाडौं उपत्यकामा साझा बस गुड्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ साउन २०७७
आजदेखि काठमाडौं उपत्यकामा साझा बस गुड्ने

काठमाडौं । सरकारी लगानीको साझा यातायातले आजबाट बस सेवा शुरु गर्ने भएको छ।  साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा शुरु गर्न लागिएको हो। पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न लागिएको हो । 

सरकारले तोकेअनुसार नै भाडा लिइनेछ। बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुने गरी बस सञ्चालन गर्न लागिएको छ। यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, सेनेटाइजरको प्रयोग गर्ने र सामाजिक दुरी कायम गर्नेसँगै खुद्रा पैसा बोकर मात्रै बसमा यात्रा गर्नुपर्छ। बसका कर्मचारीले पनि माक्स, पञ्जा र सेनेटाइजरको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस