aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

संकट मोचनका लागि कर्मचारीलाई पाँच वर्षे विदामा पठाउँदै भारतीय कम्पनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ साउन २०७७
संकट मोचनका लागि कर्मचारीलाई पाँच वर्षे विदामा पठाउँदै भारतीय कम्पनी

एजेन्सी । विश्वभरी फैलिरहेको लकडाउनले सबैभन्दा धेरै एयरलाइन कम्पनीहरूलाई मारमा परेका छन । आर्थिक संकटसँग संघर्ष गरिरहेका कम्पनीहरूले खर्च घटाउने नयाँ तरिकाहरू पत्ता लगाइरहेका छन् ।

एयर इंडियाले कर्मचारीहरूको संख्या घटाउने योजना बनाएको छ । यस योजना अन्तर्गत कर्मचारीहरू बिना तलब लामो बिदामा जान सक्दछन्। यो बिदा ६ महिनादेखि पाँच बर्ष सम्म हुन सक्ने छ । 

कम्पनीका अध्यक्ष र प्रबन्ध निर्देशक राजीव बंसललाई केही कर्मचारीलाई ६ महिनादेखि पाँच वर्षसम्म बिदामा पठाउन अधिकार दिइएको छ । कर्मचारीहरूको दक्षता, क्षमता, कामको गुणस्तर, कर्मचारीहरूको स्वास्थ्य, आदिको आधारमा छनौट गरिनेछ । 

एयर इंडियाको यो योजनालाई निर्देशक समितिको १०२ औं बैठकमा अनुमोदन गरिएको छ ।  आदेश अनुसार सदरमुकाम र क्षेत्रीय प्रमुखलाई यस योजनाका अनुसार कर्मचारीको नाम मुख्यालयमा पठाउन भनिएको छ।

प्रतिक्रिया दिनुहोस