
एजेन्सी । रिलायन्स इन्डस्ट्रिजको बुधवारको ४३ औं (एजीएम) मा अध्यक्ष मुकेश अम्बानीले महत्वपूर्ण घोषणा गरेका छन् । विश्वको अग्रणी टेक कम्पनी गुगलले रिलायन्स ग्रुपको कम्पनी जियो प्लेटफार्ममा ३३,७३७ करोड रुपैयाँ भारु लगानी गर्ने उनले बताएका छन् । गुगलले जियोप्लेटफार्मको ७.७ प्रतिशत शेयर खरिद गर्ने अम्बानीले जानकारी गराएका थिए ।
रिलायन्सका अनुसार अब भारतमा एन्ट्री लेभलको ५ जी स्मार्टफोन ल्याउनेछ । गुगलको साथ, रिलायन्सले एन्ड्रोइड(आधारित अपरेटिंग प्रणाली सिर्जना गर्ने उल्लेख गरेको छ । प्रत्येक भारतीयको हातमा सस्तो स्मार्टफोन दिने योजना सार्वजनिक गरेको छ ।
यस अवसरमा गुगलका सीईओ सुन्दर पिचाईले भने, ’सबैजनासँग इन्टरनेटको पहुँच हुनुपर्दछ। हामी लाखौं भारतीयहरूलाई स्मार्टफोन पु¥याउन रिलायन्ससँग साझेदारीमा गर्व गर्दछौं। भारत डिजिटलीकरण कोषको लागि गुगलबाट हामी यसका लागि पहिलो ४.५ बिलियन डलर लगानी गरिरहेका छौं।'
प्रतिक्रिया दिनुहोस