aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

कस्तो छ आजको मौसम ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ साउन २०७७
कस्तो छ आजको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिण तिर रहेको छ। अहिले देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ । 

आजदेखि पानी पर्ने क्रम विस्तारै बढ्ने मौसमविदको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर पर्सि आइतबार बेलुकीदेखि मनसुन सक्रिय हुन लागेकाले देशभरी नै झरी पर्ने र थोरै ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै आवश्यक पूर्वतयारी र विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस