aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

शेयरको पुँजीगत लाभकर घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ जेठ २०७६
शेयरको पुँजीगत लाभकर घट्यो

काठमाडौं । सरकारले शेयरबजारमा लाग्दै आएको लाभकर २ दशमलब ५ प्रतिशत विन्दुले घटाएको छ । शेयर बजार विरोधी चिनिएका अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारका ग्राहकको लाभमा लाग्दै आएको ७ दशमलब ५ प्रतिशतबाट ५ प्रतिशत बनाएका थियो । पहिला ५ प्रतिशत नै लाग्दै आएको शेयर बजारको कारोबारको लाभकर यहि सरकारले ७.५ प्रतिशत बनाएको थियो । 

बोनस शेयर र हकप्रद शेयरको पूँजीगत लाभकर गणना गर्दा भारित औसत ‘वेटेज एण्ड एभरेज’का आधारमा गणना गर्ने भएको छ। बोनस र हकप्रद शेयरको लाभकर गणना गर्न आधार मूल्यमै गणना गर्न निर्देशन दिँदा लगानीकर्ताहरु आन्दोलित भएका थिए । 

प्रतिक्रिया दिनुहोस