
धरान । प्रदेश नं. १ मा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीको राजविराज नगरपालिका–१ का ७३ वर्षीय वृद्धको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
प्रतिष्ठानका अनुसार मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि वृद्धलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । वृद्धको उपचारका क्रममा बुधबार नै स्वाब संकलन गरिएको थियो । बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचारका क्रममा उनको बिहीबार नै मृत्यु हो ।
योसंगै नेपालभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस